दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा

सारांश

  • काठमाडौं ।
  • फागुन १ गते झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहसहित पूर्व राजपरिवारका सदस्यहरुलाई सँगै स्टेजमा राखेर वर्तमान व्यवस्थाको तीब्र विरोध गरेका नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी त्यागेको घोषणा गरेका छन् ।
  • एमालेको उद्योग विभाग प्रमुखसमेत रहेका प्रसाईंले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताएका हुन् ।

काठमाडौं । फागुन १ गते झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहसहित पूर्व राजपरिवारका सदस्यहरुलाई सँगै स्टेजमा राखेर वर्तमान व्यवस्थाको तीब्र विरोध गरेका नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी त्यागेको घोषणा गरेका छन् । एमालेको उद्योग विभाग प्रमुखसमेत रहेका प्रसाईंले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताएका हुन् ।

उनले अब २०४७ सालमा फर्किनुपर्ने बताए । जहाँ बाटो बिर्सियो त्यहीँ फर्किएर जानुपर्छ, उनले भने, मैले केही दिनअघि चिया बगानमा राजालाई पनि राखेँ। हिजो बेलुका उहाँले एउटा विज्ञप्ति जारी गर्नु भयो, उनले भने, जनताका लागि म कारबाही भोग्न तयार भएको छु । अब जनता र राजा एक हुनु पर्छ ।

उनले एमालेतिर लक्षित गर्दै कारबाही गर्नुअघि स्पष्टीकरण समेत नसोधिएको गुनासो गरे । हिजो कारबाही हुनुपर्छ भनेछन्, स्पष्टीकरण पनि सोधेनन्, उनले भने, मेरा भूतपूर्व अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बेलुका भनेँ, मैले एउटा दीप बाल्दा यत्रो आतंक यो अभियानमा लाग्दा कारबाही भोग्नुपर्यो, तपाईंको केन्द्रीय सदस्य राख्नुस् ।

प्रसाईले आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने पनि बताए । उनले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने पनि दाबी गरे ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
विवाहका लागि के थियो करिनाको सर्त जसलाई शाहिदले मानेनन् तर सैफले माने ?
आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस
आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु
फिनल्याण्ड सरकार द्वारा अनुदान
फिनल्याण्ड सरकार द्वारा अनुदान

तपाईंले छुटाउनुभयो कि?