थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १७, २०७७
|
|
४० पटक हेरिएको
Shares
थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

सारांश

  • काठमाडाैं।
  • बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

काठमाडाैं। बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्।

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?