नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : लक्ष्मणलाल कर्ण
सारांश
- काठमाडौं, १५ पुस ।
- राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् ।
- कर्णले भने,‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था छैन् ।
काठमाडौं, १५ पुस । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था छैन् ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धनमा को अध्यक्ष बन्ने र को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले कुनै निश्चित नभएको जिकिर गरे । उनले भने,‘को के बन्ने भन्ने कुराको कुनै निश्चित छैन, यो कुरा गर्भमै छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले आफूहरु पनि सरकारमै जानको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने,‘मैले धेरै पहिल यही क्लबको मञ्चमा भनेको थिएँ, हामीले राजनीति गरेको कुनै साधु वा सन्त बन्नकोलागि होईन, राजनीतिको मुल कोर्स भनेको नै सरकार हो नि।’
यद्धपी उनले आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे ।
नेता कर्णले भने,‘हामी त अहिले पनि आन्दोलनमै छौं, यो निर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गरेको हो, अब हाम्रो आन्दोलन संसदबाट सुरु हुन्छ, संसद बाहिरको आन्दोलन हामीले सोचेको छैन।’ उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको विश्वास दिलाए । उनले भने,‘मैले माथि भनेकोजस्तो यी दुई मुद्दामा वचनवद्धता दिए, हामी अलमलमा पर्दैनौं, सरकारमा जान्छौं ।’
सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित आफ्ना नेता रेशम चौधरीले पुष्टि गसिकेको पनि उनले जिकिर गरे । ‘त्यसैले अबको सरकारले झुठा मुद्दा फिर्ता गर्नुपर्छ, धेरै कामहरु यसअघिका सरकारले गरिसकेको छ, अब आउने सरकारले निर्णय गरे हुन्छ–कर्णले थपे ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली पनि यही देशको पार्टीका नेता भएकोले उनीप्रति आफूहरुको कुनै बहिरभाव वा तुष नरहेको स्पष्ट पारे । उनले भने,‘हामी कसैलाई साथ वा कसैलाई बाईकट भन्दापनि ईस्युमा केन्द्रित छौं ।’ त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलको सरकार बन्ने पनि बताए ।
Raju Nepal
जोकर हुन् किङमेकर होइनन् ।
Suresh Tim
Tumiharu chai k lagautibhitraka upiya hau.
Tilak Gaire
उचालेर सरकारमा जाने सपना पूरा होला त?
Beda P. Timilsina
खाने दाउ छ
Pardesi Vai
Kuta sala
Jirel Tika
अहिल ५ बर्ष ढुक्कसँग शुद्ध बामपंथीहरुको बहुमतको सरकारको नेतृत्व केपि ओलिले गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने हो कसैले र्याल नचुवाएकै बेश हुन्छ ?!!
Narayan Shrestha
दीली को कुता बौलायै है
Manoj Lamichhane
जन मन ले धेरै चोटी चान्स दि सके? अब पनी नाकार नुकुर गरे चंगा चैट होला? अब खुरू खुरू काम देखाउने ठाउ बनाउने ? घोड़ा लाई चश्मा लाको जसरी?