हेर्नुस् आज तपाइँको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हेर्नुस् आज तपाइँको राशिफल यस्तो छ

सारांश

  • २०७५ साल असोज १७ गते बुधबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।
  • आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

२०७५ साल असोज १७ गते बुधबार।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अपराह्नदेखि शुभचिन्तकहरूको साथले स्थितिमा सुधार आउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आत्मसम्मानका लागि मौन रहनु बेस होला। व्यवहारले समेट्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अपराह्नतिर गोपनीयतामा विशेष सजग रहनुहोला। प्रतिस्पर्धीलाई कमजोर ठान्दांं व्यर्थैमा दुस्ख पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
साथ दिनेहरू थोरै हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कामको चाप बढे पनि पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। अपराह्नदेखि न्यायका लागि सजग रहनुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा हुनेछ। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अपराह्नतिर व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिका लागि केही त्याग गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अपराह्नदेखि स्थितिमा सुधार आउनाले काम बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। अपराह्नतिर स्थिति केही कमजोर रहला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। साँझतिर पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निम्तो भए पनि आतिथ्य खर्चिलो बन्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। असहज परिस्थितिका बीच काम बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। साँझतिर कामको वातावरण बन्नेछ। मिहिनेत गर्दा जिम्मेवारी पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला।  निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा साथीभाइले साथ दिनेछन्। कृषि र पशुधनबाट लाभ हुनेछ। सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। हल्लाको पछि लाग्दा बित्थैमा दुस्ख पाइनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?