नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

सारांश

  • बागलुङ ।
  • बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
  • स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ ।

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ ।

वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो । एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो ।

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए । ‘यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुई सय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एक सय ६० टनेल वितरण गरिसकेका छौँ”, वडाअध्यक्ष छन्त्यालले भने ।

दुर्गम गाउँमा व्यावसायिक तरकारी उत्पादनप्रति स्थानीयवासीको चासो नदेखिएको र थोरै परिणाममा तरकारी उत्पादन गर्दा बजारीकरणको समेत समस्या हुने भएकाले वडाका सबै घरमा टनेल स्थापना गर्न थालिएको हो । रु चार हजार आठ सय लागतको प्लास्टिक अनुदानमा लैजान स्थानीयवासीले ६ सय वडा कार्यालयमा बुझाउनुपर्नेछ । स्थानीयवासीको १५ प्रतिशत साझेदारीमा टनेल स्थापनाका लागि प्लास्टिक वितरण गर्दा स्थानीयलाई अपनत्व हुने वडा कार्यालयको बुझाइ छ । अबको केही महिनाभित्रै वडाका दुई सय घरमा टनेल स्थापना भइसक्नेछन् ।

जम्मा दुई सय घरधुरी रहेको वडामा सबै नागरिकका घरमा टनेल स्थापना भइसक्दा नर्जाखानी तरकारीमा आत्मनिर्भर मात्रै नभएर तरकारी निर्यात गर्न सकिने वडाका रुपमा परिचित हुनेछ । चिसोका कारण खुल्ला जग्गामा काउली, बन्दा, सिमी तथा टमाटर लगायतका अत्यावश्यक तरकारी खेती राम्रो नहुने भएकाले सबै घरमा टनेल स्थापना गर्ने वडा कार्यालयले योजना बनाएर अगाडि बढेको हो । वडा कार्यालयले तरकारी उत्पादनका लागि आवश्यक प्लास्टिक वितरण गर्दा स्थानीय सरकारको आभाष भएको स्थानीय जसदेवी छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहिबार राति भूकम्पको धक्का
बिहिबार राति भूकम्पको धक्का
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
भारतबाट यसरी स्क्याभेटर नेपाल भित्र्याइन्छ ?
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
सरकार जहिले पनि प्रेस नियन्त्रणमुखी तर नियन्त्रणमुखी कानुन अमान्य
सरकार जहिले पनि प्रेस नियन्त्रणमुखी तर नियन्त्रणमुखी कानुन अमान्य
सुन प्रतितोला ४०० ले बढ्यो
सुन प्रतितोला ४०० ले बढ्यो

तपाईंले छुटाउनुभयो कि?