पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
४० पटक हेरिएको
Shares
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल

सारांश

  • काठमाडौं, २ फागुन ।
  • प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् ।
  • प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

काठमाडौं, २ फागुन । प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा “५ नं प्रदेशमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको” उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/01/21/45738/

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Dambar Raj Baral

    Shree arti. Samsad… a ba …

    Comment Author

    Dambar Raj Baral

    Shree arti. Samsad… a ba …

    Comment Author

    Roshani Uprety Devkota

    Congratulations…

    Comment Author

    Suman Kc

    badhai

    Comment Author

    Govinda Belbase

    Badhaixa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
विद्यालय शिक्षासम्बन्धी विधेयक सहमतिमा पारित गर्न माग
विद्यालय शिक्षासम्बन्धी विधेयक सहमतिमा पारित गर्न माग
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन