नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

सारांश

  • चितवन ।
  • चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ ।
  • भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिइन् । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।” यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताए । आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने