बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
५१ पटक हेरिएको
Shares
बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?

सारांश

  • नाम्ड्रोल थपालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको बारेमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी भन्ने गरिन्छ ।
  • सत्य र धार्मिक मान्छेहरुले पुनर्जन्म लिने धार्मिक विश्वास रहेको उनको भनाई छ ।
  • ‘मानिसहरु सबैले पुनःजन्म पाएका हुन्छन् ।

नाम्ड्रोल थपालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको बारेमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी भन्ने गरिन्छ । सत्य र धार्मिक मान्छेहरुले पुनर्जन्म लिने धार्मिक विश्वास रहेको उनको भनाई छ ।

‘मानिसहरु सबैले पुनःजन्म पाएका हुन्छन् । तर सबै मानिसलाई आफ्नो पूर्वजन्मको विषयमा जानकारी हुँदैन तर पुनर्जन्म पाएका लामाहरुलाई सबै कुरा थाहा हुन्छ ।’ उनी भन्छन् ,‘ सत्य मान्छेको जन्म समाजको कल्याणका निम्ति हुन्छ, राम्रो काम गर्दा गर्दै भौतिक शरिर मर्छ तर सुरु गरेका कामहरु पुरा गर्न फेरि अर्को व्यक्ति भएर जन्मन्छन् । त्यहि हो अवतारी लामा भनेको पनि ।’

लामा थुचेनका अनुसार यसरी जन्मिएका लामाहरुलाई पूर्व जन्मको विषयमा सबै जानकारी हुन्छ । त्यो हो वा होईन भन्ने विषयमा समाजका अगुवाहरु बीच छलफल हुन्छ । पुनर्जन्म लिएको दावी गर्ने लामालाई पहिलेको जन्ममा भएका कामहरु र आफ्ना आफन्त परिवार, धन, सम्पत्ती लगायका  बारेमा सोध्ने गरिन्छ ।

यसरी सबैकुरा मिलाएर त्यो पुष्टि भए मात्रै अवतारी मान्यता दिईन्छ । अवतारी मान्यता पाएका व्यक्ति दिवंगत भएपछि अर्को त्यस्तै बालकले बोलि आउँदै आफैंले पूर्वजन्मको विषयमा बतायो र त्यो मिल्यो भने उसलाई दोस्रो अवतारीको मान्यता दिईन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
सन्ध्या फाउण्डेसन को उद्घाटन ।
सन्ध्या फाउण्डेसन को उद्घाटन ।
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
प्रधानमन्त्री र राजपाका शीर्ष नेताहरूबीच वार्ता
प्रधानमन्त्री र राजपाका शीर्ष नेताहरूबीच वार्ता
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग