माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले यही साउन २१ गते हुन लागेको नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनसँग जोडेर नेकपा माओवादी केन्द्र निकटका मानिने पर्यटन व्यवसायी नवराज दाहालले विभिन्न अनलाईन पत्रपत्रिकालाई गालीगलौज गरी प्रेस विज्ञप्ती जारी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।
  • दाहालले यस्तै अपमानित शब्द मिडियाप्रति गर्दै गए भने ठूलो मुल्य चुकाउनु पर्ने सञ्चारकर्मीहरुको भनाई छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले यही साउन २१ गते हुन लागेको नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनसँग जोडेर नेकपा माओवादी केन्द्र निकटका मानिने पर्यटन व्यवसायी नवराज दाहालले विभिन्न अनलाईन पत्रपत्रिकालाई गालीगलौज गरी प्रेस विज्ञप्ती जारी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

दाहालले यस्तै अपमानित शब्द मिडियाप्रति गर्दै गए भने ठूलो मुल्य चुकाउनु पर्ने सञ्चारकर्मीहरुको भनाई छ ।

दाहाल आफैँको संयोजनमा केही दिन अगाडि एनएमए निर्वाचनमा पार्टीको तर्फबाट निमी शेर्पालाई पठाउने सर्वसहमत निर्णय गरेका थिए । पछिल्लो समय अनैथिक सम्झौता गरेर आफ्नो उधारो स्वार्थपूर्तिको लागि पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्टलाई प्रभावमा परेर जालसाजी पूर्ण रुपमा पार्टी हेडक्वार्टरको निर्देशन विपरित एमालेसँग समिकरण गराएका थिए ।

पार्टी हेडक्वार्टरले स्पष्ट रुपमा राष्ट्रिय राजानीतिको एलायन्स अनुसार नेपाली कांग्रेससँग समिकरण गरेर एनएमए निर्वाचनमा जानुपर्ने भन्दै निर्देशन दिएको थियो ।

टानमा अध्यक्ष बन्ने महत्वकांक्षा बोकेका दाहालले घुमाईफिराई गरेको हर्कतप्रति माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको बहुसंख्यक सदस्यहरुले विरोध गर्दै मतदान गर्नको लागि स्वतन्त्र रुपमा प्रस्तुत हुने बताएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए)को भोली हुने निर्वाचनमा एमाले र माओवादीको एउटा समूहको तर्फबाट सन्तवीर लामा तथा स्वतन्त्र आरोही नेपाली कांग्रेस नयाँ शक्ति नेपाललगायत माओवादीभित्रको असन्तुष्ट तर्फबाट उम्मेद्वार जिम्बाजाम्बु शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?