बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
१८ पटक हेरिएको
Shares
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई

सारांश

  • काठमाडौँ ।
  • सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, “अन्य मुलुकले आर्थिक सङ्कटको अवस्थामा बृहत् आर्थिक सम्मेलन गर्ने गरेका छन । सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र विकासका साझेदारको सहभागितामा बृहत् गोलमेच सम्मेलन गरौँ”, उनले भने, “त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऊँ । त्यो कांग्रेस वा एमालेको अवधारणा हँुदैन, मुलुकको अवधारणा हुन्छ । हिम्मत गर्नुस्, प्याराडाइम सिफ्ट गर्नुस् मन्त्रीज्यू !” 
      
सांसद भट्टराईले आगामी बजेटले कुनै गन्तव्यलाई निश्चित नगरेको र आजको चरम आर्थिक सङ्कटलाई यसले अनुभूत नगरेको बताए । उनले सरकारले खर्च कटौतीको घोषणा गरे तापनि चालु आवको तुलनामा आउँदो वर्षका लागि रु ९८ अर्ब चालु खर्च बढाएको बताए ।

फरक राजनीतिक विचारका बाबजुद आर्थिक सङ्कटलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । “हाम्रो राजनीतिक विचार फरक होलान्, आआफ्नो गन्तव्य होलान् तर आजको मुलुकको अर्थतन्त्र डामाडोल भयो र बिग्रियो भने तपाईं मात्र होइन हामीसँगै नेपाल सबै ध्वस्त हुन्छौँ । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।”
      
उनले पूँजीगत खर्च कटौती गर्दै राष्ट्रिय गौरवका आयोजनामा खर्च गर्न सुझाव दिए । “राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशसभा कमसेकम उपसचिवभन्दा माथिका कर्मचारी, राजनीतिक नियुक्तिमा भएका मानिसको २५ प्रतिशतले तलब भत्ता घटाउने घोषणा गर्नुस् । कटौती गरिएको रकम कुनै एक राष्ट्रिय गौरव आयोजनामा खर्च गर्नुस् । हामी प्रतिपक्ष तयार छौँ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?