पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी

सारांश

  • काठमाडौं, पुस २७ ।
  • पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा आफ्नो नजिकका एक व्यक्तिलाई ल्याउन चलखेल गरेको रहस्य सार्वजनिक भएको छ ।
  • बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीन जना सदस्यको पदावधि सकिएपछि नयाँ सदस्य छनोटका लागि गठित सिफारिस समितिले पठाएको सूचीमा समेत नपरेका अवदेश दास नामक व्यक्तिलाई सदस्यमा नियुक्त गर्न पर्यटनमन्त्री देवले चलखेल गरेका हुन ।

काठमाडौं, पुस २७ । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा आफ्नो नजिकका एक व्यक्तिलाई ल्याउन चलखेल गरेको रहस्य सार्वजनिक भएको छ ।

बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीन जना सदस्यको पदावधि सकिएपछि नयाँ सदस्य छनोटका लागि गठित सिफारिस समितिले पठाएको सूचीमा समेत नपरेका अवदेश दास नामक व्यक्तिलाई सदस्यमा नियुक्त गर्न पर्यटनमन्त्री देवले चलखेल गरेका हुन ।

सिफारिस समितिले नयाँ सदस्यका लागि दीपक महत, जिम्बाजाङ्बु शेर्पा, कृष्णबहादुर महरा, मोहन लम्साल र राकेश धमलाको नाम पठाएको थियो । जसमध्ये दीपक महत, जिम्बाजाङ्बु शेर्पा र कृष्णबहादुर महरालाई सदस्यमा नियुक्त गर्ने निश्चित भएको थियो ।

तर, पर्यटनमन्त्री देवले रातारात जालसाझी पूर्णरुपमा छनोट समितिलाई अर्को माइन्युट बनाउन लगाएर तेस्रो नम्बरमा रहेका जिम्बाजाङबु शेर्पाको नाम काटेर अवदेश दासलाई नियुक्त गर्ने तयारी गरेका हुन ।

मन्त्री देवले बुधबार ११ बजे पर्यटन मन्त्रालयमा बैठक बोलाएर नयाँ माइन्युट बनाउन लगाएको समाचार स्रोतको दावी छ । उक्त बैठकपछि मात्रै एक नम्बरमा कृष्ण बहादुर महरा २ नम्बरमा दीपक महत र तीन नम्बरमा अवदेश दासको नाम सार्वजनिक गरिएको थियो ।

दासले नेपाल पर्वतारोहण संघ (एनएमए)को एक्स्पेरियन्स लेटर बनाएको पाइएको छ । उनलाई पर्यटन क्षेत्रमा कसैले पनि चिन्दैनन । प्राप्त जानकारीअनुसार दासले छापाखान सञ्चालन गर्दै आएका छन ।

दास मन्त्रीको नजिकको भएका कारण बोर्ड सदस्यमा नियुक्त गर्न लागिएको स्रोतले बतायो । पर्यटमन्त्रीले रातारात बोर्ड सदस्य नियुक्तीमा खेलेको असोभनिय कार्यलाई पर्यटन व्यवसायीहरुले अर्थपूर्ण रुपमा लिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?