विप्लवले यसकारण दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
विप्लवले यसकारण दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
  • उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

काठमाडौं, ९ मंसिर । निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

‘प्रतिबन्धले जनतासँग सहकार्य गर्न र नजिक बसेर सेवा गर्ने अवसर प्रदान गरेको हो,’ सोमबार एकता दिवस पारेर पार्टीको मुखपत्र अनलाइन पत्रिका इरातोखबरलाई दुई घन्टाभन्दा लामो अन्तवार्ता दिदै विप्लवले भने, ‘यसका लागि केपी ओलीजी र यो सरकारलाई धन्यवाद ।’ उनले प्रतिबन्धले अवसर प्रदान गरेको र जनतासामु नजिक पुर्याएको बताए ।

‘प्रतिबन्धलाई अवसर र चुनौती अथवा खुशीको कुरा पनि बनेको छ,’ विप्लवले भने । उनले आफूहरुले जनताको पक्षमा काम गरेको र भ्रष्टाचारको विरोध गरेकाले प्रतिबन्ध लगाउने कार्य भएको बताए । उनले आफूहरु देश र जनताको पक्षमा उभिएको दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै विप्लवले नयाँ संविधान निर्माण र नयाँ राज्य प्रणाली स्थापित गर्न लागिपरेको बताए । उनले सरकारले कोरोना भाइरसको त्रासदीमा जनता पीडित हुँदा धन कुम्ल्याउनेहरुको हितमा काम गरिरेको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको
सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने
नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर

तपाईंले छुटाउनुभयो कि?