प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ७, २०७७
|
|
५१ पटक हेरिएको
Shares
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
  • उनले देउवा वा उनले चाहेको अन्य जो कोहीलाई प्रधानमन्त्री मान्न आफू तयार रहेको बताएका छन् ।
  • म शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री मान्न तयार छु,’ प्रचण्डले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘संविधान र प्रणाली बचाउने शर्तमा उहाँ या अरु कसैलाई भन्नुहुन्छ भने त्यसलाई पनि मान्न कुनै अप्ठ्यारो छैन ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनले देउवा वा उनले चाहेको अन्य जो कोहीलाई प्रधानमन्त्री मान्न आफू तयार रहेको बताएका छन् ।

म शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री मान्न तयार छु,’ प्रचण्डले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘संविधान र प्रणाली बचाउने शर्तमा उहाँ या अरु कसैलाई भन्नुहुन्छ भने त्यसलाई पनि मान्न कुनै अप्ठ्यारो छैन ।’ प्रचण्डले देउवासँग सिधै राजनीतिक लेनदेनको सन्देश पनि दिएका छन् । जसमा प्रचण्डले संसद पुनःस्थापनाको राजनीतिक एजेन्डालाई मान्नुपर्ने शर्त समेत छ ।

देउवाले प्रतिनिधि सभा पुनःस्थापनामा कुनै जोडबल नगरिरहेको र चुनावमा जाने कुरा गरिरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । यसअघि प्रचण्डले माधवकुमार नेपालसहित देउवालाई भेट्दा पनि प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । प्रचण्ड र नेपाल दुवैले प्रधानमन्त्रीको प्रस्ताव गरेपनि देउवा परिवर्तन भइसकेका छैनन् । उनी पार्टीमा छलफल अगाडि बढाउन लागिपरेका छन् ।

प्रचण्डको प्रधानमन्त्रीको प्रस्ताव देउवाले मान्नसक्ने सम्भावना नभएको होइन । स्वयं प्रचण्डले पनि विगतमा आफूले नै देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको उल्लेख गरेका छन् । संसद पुनःस्थापनामा जोडबल गरेमा देउवाका लागि प्रधानमन्त्रीको ढोका खुल्ने सम्भावना पनि देखिएको छ । तर, देउवालाई पार्टीभित्र चुनावका लागि निकटस्थहरुले दबाब दिइरहेका छन् । संसद पुनस्थापनाको पक्षमा गएमा वरिष्ठ नेता रामचन्द्र पौडेलको लाइनको जीत हुनेतर्फ पनि देउवा सचेत छन् ।

नेकपा फुटेको अवस्थामा प्रतिनिधि सभा पुनःस्थापना हुँदा पुनः एक हुने र चुनाव टाढिएर आफ्ना लागि सुनौलो मौका गुम्नसक्नेतर्फ पनि देउवा सचेत रहेको बुझिएको छ । देउवा संसद विघटन भएर चुनावमा जाँदा पार्टीको महाधिवेशन पछाडि धकेल्न सकिने र चुनावमा राम्रो सफलता हासिल गर्न सकिने आँकलनका साथ बढ्न खोजेका छन् । यो सम्भावना देखेमा देउवा संसद पुनःस्थापनाको पक्षमा उभिने सम्भावना कम छ । उनी भित्री रुपमा ओलीसँग समिकरण गरेर अगाडि बढ्ने तयारीमा पनि छन् ।

विगतमा प्रचण्डले धोका दिएको बुझाई देउवाको छ । स्थानीय निकायको चुनावमा समिकरण बनाएर गएको र प्रतिनिधि सभा चुनावमा भने प्रचण्ड ओलीसँग मिल्न गएपछि देउवा आक्रोशित छन् । उनी प्रचण्डसँग विगतको घटनाका कारण असन्तुष्ट भएकाले पनि मिलेर गइहाल्ने पक्षमा छैनन् ।

प्रचण्डले नेकपाको आफ्नो समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीभित्र प्रणाली बचाउन मिलेर जानुपर्ने आवश्यकता औल्याएका छन् । यी तीन शक्ति मिलेमा ओलीको संसद विघटनसहितको चुनावी अस्त्र विफल हुने बुझाई प्रचण्डको छ । त्यसकारण पनि उनले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

(bushnellmotorsportspark.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
व्यवस्थापन विधेयक, २०७५ लाई प्रमाणीकरण
व्यवस्थापन विधेयक, २०७५ लाई प्रमाणीकरण
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी
कपडा खोलेर सुँगुरसँग यस्ताे गरेपछि…
कपडा खोलेर सुँगुरसँग यस्ताे गरेपछि…
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश