नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द, यस्तो छ रुट ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द, यस्तो छ रुट ?

सारांश

  • चितवन, पुस १६ ।
  • नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक रुपमा ६ घण्टा बन्द हुने भएको छ ।
  • सडक विस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्मको समयमा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

चितवन, पुस १६ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक रुपमा ६ घण्टा बन्द हुने भएको छ ।

सडक विस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्मको समयमा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

सडकखण्डमा भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिन लागेको पन्तले बताए ।

काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भरतपुर चितवनले जनाएको छ ।

यसअघि कार्यलयमा सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।

पन्तका अनुसार राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानवबस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारी साधनलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको जानकारी समेत दिए ।

हेरौँ यस्तो वन्दको रुट :–
नारायणगढ–मुग्लिङ सडक राती बन्द हुने
नारायणगढ–मुग्लीङ सडक निर्माण कार्यमा तिब्रता दिन आज मिति २०७४ पुस १८ गते राती २२ः०० बजेदेखि विहान ०४ः०० बजे सम्म सडकमा आवागमन बन्द हुने भएकोले निम्नानुसार गर्न गराउन हुन हार्दिक अनुरोध गरिएको छ ।

काठमाडौंबाट छुट्ने नाईट बसहरु राती २२ः०० बजेभित्र मुग्लिङ बजार पार गरि सक्ने र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौं पोखरा जाने बसहरु बिहान ०३ः०० बजे रामनगर क्रस गर्ने गरि समय व्यवस्थापन गरि आउने ।

काठमाडौंबाट नारायणगढ तर्फ आउने मालबाहक सवारीहरु राती २१ः०० बजे नै लेवाटर पार गरि सक्ने र सो पछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा बिहान ०४ः०० बजे सम्म बस्ने ।

पूर्व वा पश्चिमबाट मुग्लिङतर्फ जाने मालबाहक सवारीहरु राती २१ः०० बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा बिहान ०४ः०० बजेसम्म बस्ने ।

सवारी रोकिने स्थानहरु रामनगर–भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिङ बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्ने ।

राती २२ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म नारायणगढ–मुग्लिङ सडक खण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने हुँदा आफ्नो यात्राको व्यवस्थापन गर्ने ।
सवारी छुटेको समयमा ओभरटेक नगरी आफ्नो लेनमा धैर्यताका साथ यात्रा गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?