सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
४५ पटक हेरिएको
Shares
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

सारांश

  • काठमाडौँ, २ असोज  ः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.
  • इ.

काठमाडौँ, २ असोज  ः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

सो प्रदेशका केही मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार, अहिले बिहान ८ः३० बजेसम्ममा करिब १५ प्रतिशत मतदान भइसकेको छ । मतदान कार्य आज अपराह्न ५ः०० बजेसम्म जारी रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !
चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !
यौन सन्तुष्टि भयन भने हर्नुहोस  कुन रोग लाग्छ ?
यौन सन्तुष्टि भयन भने हर्नुहोस कुन रोग लाग्छ ?