यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया

सारांश

  • नेकपा एमालेले स्थानीय प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपुर्ण निर्वाचन सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेको छ ।
  • एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच निर्वाचन सम्पन्न भएकोमा हाम्रो पार्टी सन्तोष व्यक्त गर्दै निर्वाचनमा उत्साहका साथ संलग्न हुने आम मतदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ  भनेका छन् ।
  • एमालेले निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

नेकपा एमालेले स्थानीय प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपुर्ण निर्वाचन सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेको छ ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच निर्वाचन सम्पन्न भएकोमा हाम्रो पार्टी सन्तोष व्यक्त गर्दै निर्वाचनमा उत्साहका साथ संलग्न हुने आम मतदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ  भनेका छन् ।

एमालेले निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

निर्वाचनको समाचार सम्पे्रषणमा महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरूप्रति धन्यवाद दिएको छ । उसले  निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग सुरु हुने हाम्रो पार्टी अपेक्षा गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि एक विज्ञप्ति जारी गर्दै शानितपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै अत्यन्त कठिन साधना र समपर्णको फलस्वरुप प्राप्त उपलव्धिलाई जगैदेखि संस्थागत सुदृढ गर्ने अवसर यो निर्वाचनले दिएको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?