नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!

सारांश

  • बीबीसी ।
  • अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान ‘इन्साइट ल्याण्डर’ नेपाली समयान’सार मंगलबार राति करिव पौने २ बजे मंगल ग्रहमा अवतरण गरेको छ ।
  • मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान ‘इन्साइट ल्याण्डर’ नेपाली समयान’सार मंगलबार राति करिव पौने २ बजे मंगल ग्रहमा अवतरण गरेको छ । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यान मंगल ग्रहमा अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो ।

जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्यो तव नासाको मिसन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए।
मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।

अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । यो ग्रहको ताममानबाट मंगल ग्रह अहिले कति सक्रिय छ भन्ने थाहा हुनेछ । यसको प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ ।

मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ। त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ। तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।

आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ । मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो।

यो अभियानमा संलग्न एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन, ‘तपाईंले एउटा काँचो अन्डा र अर्को पाकेको अन्डा हातमा लिनुस् र दुवैलाई घुमाउनुस् । यी दुई अन्डा अलग-अलग तरिकाले घुम्नेछन् । किनभने अन्डाभित्रको तरल पदार्थ अलग-अलग छ । हामीलाई अझै मंगल ग्रह मुनि तरल या ठोस पदार्थ छ कि छैन, यसको भित्री भाग कति ठूलो छ या छँदैछैन कि भन्ने कुराहरु थाहा छैन । इन्साइट ल्याण्डर यानले हामीलाई त्यसको जानकारी दिनेछ ।’

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
राजदरबार हत्याकाण्डपछि तत्कालिन शाहज्यादा पारस शाहसँग लिएको बयान
महिना दिनदेखि किशोरी बेखबर
महिना दिनदेखि किशोरी बेखबर
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
मत हाल्न नपाउँदा सयौँ राष्ट्रसेवक दुःखी
जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी
जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी
नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन
नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन

तपाईंले छुटाउनुभयो कि?