विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !

सारांश

  • अहिलेको एसिया प्यासिफिक फ़ाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तन सम्वन्धि अन्तराष्ट्रीय सम्मेलन होस् या पहिले पहिले यसै फ़ाउण्डेशनले आयोजना गरेको International Leadership conference या कसैले आयोजना गरेको मोदीको जनकपुर देखि मुक्तिनाथसम्मको यात्रा होस् जेसुकै भनिएपनि यस्ता कार्यक्रम हिजो पनि भएकै हुन् र सरकार जोडिएकै हो र सरकार जोडिदा देश र जनताको फाईदाका लागि जोडिनु पर्दछ ।
  • सबै नेताहरुले जे पनि आफुले गर्दा राम्रो र अरुले गर्दा नराम्रो मानसिकता त्याग्नु पर्दछ ।
  • यस्ता किसीमका क्रियाकलापका हिजो विरोध भएन या गरिएन किन?

अहिलेको एसिया प्यासिफिक फ़ाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तन सम्वन्धि अन्तराष्ट्रीय सम्मेलन होस् या पहिले पहिले यसै फ़ाउण्डेशनले आयोजना गरेको International Leadership conference या कसैले आयोजना गरेको मोदीको जनकपुर देखि मुक्तिनाथसम्मको यात्रा होस् जेसुकै भनिएपनि यस्ता कार्यक्रम हिजो पनि भएकै हुन् र सरकार जोडिएकै हो र सरकार जोडिदा देश र जनताको फाईदाका लागि जोडिनु पर्दछ । सबै नेताहरुले जे पनि आफुले गर्दा राम्रो र अरुले गर्दा नराम्रो मानसिकता त्याग्नु पर्दछ । यस्ता किसीमका क्रियाकलापका हिजो विरोध भएन या गरिएन किन? कारण हिजो जताततै अस्थिर रै अस्थिरता थियो यसलाई उछाल्नु आवश्यक नै थिएन । खिचडी पकाउनेहरुका लागि जताततै मसलै मसला थिए मसला खोजिरहनु आवश्यक थिएन तर आज स्थिर सरकार छ, देश स्थिरता तिर लम्कंदै छ, खिचडीका लागि मसलाको अभाव हुंदैछ देशमा तसर्थ अस्थिरताको खेति गरेर पेट र परिवार पाल्नेहुलाई निद्रा परेको छैन ।

वास्तवमा आम सर्व साधारण जन मानसले बुझ्नु पर्ने यथार्थ के हो भने, जहाँ जसले जेसुकै भनोस् नेपाल संविधानत: धर्म निरपेक्ष राष्ट्र हो भने ब्यवहारत:हिन्दु राष्ट्र नै हो । तसर्थ यहाँ सबै धर्मको सम्मान र संवर्धन गरिनु पर्दछ यसमा दुईमत छैन तर राज्य संचालनदेखि लिएर देशका हरेक क्रियाकलापमा नियन्त्रण हिन्दु धर्म कै हुन्छ वर्चस्व हिन्दु धर्मकै हुन्छ । कहीं कतै कोही चिच्याएर हुनेवाला केही छैन । तसर्थ हिन्दुवादीहरु अत्तालिन जरुरी नै छैन र अर्को हाल बजारमा पाईनै नेतामध्ये परम्परा, रीति-रिवाज र धर्म-संस्कृतिका रक्षा कवच ओलि नै हुन् तसर्थ संस्कार, रीति-रिवाज र धर्म-संस्कृति मास्न लागि परेकाहरुको कांडा बनेका छन् ओलि तर हामी सर्व साधारण बुझ्दैनौ र यिनको विरोध गरिरहेका छौ अनि फाईदा यि परम्परा, रीति-रिवाज र धर्म-संस्कृति बेचुवाहरुलाई नै भैरहेको छ, न कि हामी सर्वसाधारण र देशलाई ।

विरोधका लागि मात्र विरोध गर्ने हामी नेपालीहरुको संकार नै बनि सक्यो । विरोध गर्नु प्रतिपक्षको धर्म नै हो अन्यथा नलिऔं । तर पत्रकारले लेखेको अक्षर-अक्षरको हिसावले आन्तरिक या वाह्य मुद्रा प्राप्त गर्छन् । विज्ञ र विष्लेशकले बोलेको शब्द-शब्दको त्यही मुद्रा प्राप्त गर्छन् । तर यिनीहरुले यो प्राप्त गर्ने मुद्रा हामी सर्व साधारणको साथ विना संभव छैन कारण उनीहरुले बोलेको र लेखेकोले बजार कत्तिको तात्छ सरकारलाई कत्तिको असर गर्छ, देश कत्तिको अशान्त हुन्छ त्यसैमा यिनीहरुको पारिश्रमिक तय हुन्छ । र पनि हामी सर्व साधारण बुझ्दैनौं र विरोध गरि रहन्छौं । आजको यथार्थ यिनीहरु लेखि रहन्छन्, बोलिरहन्छन् हामी साथ दिई रहन्छौं यिनीहरु कमाई रहन्छन् । देशमा अस्थिरता क़ायम रहिरहन्छ ।

वास्तवमा कुनैपनि कुराको विरोध गरिरहंदा जन साधारण र देशलाई फाईदा हुनु पर्ने होईन र ? तर यहां त किन यिनै पत्रकार र विज्ञ विष्लेषक भनिनेहरुलाई मात्र फाईदै फाईदा हुन्छ ? तसर्थ आउनुहोस् जन निर्वाचित सरकारलाई ५ बर्ष काम गर्न दिउं अनि चित्त नबुझे अर्को निर्वाचनमा सबै मिलेर कहिल्यै उठ्न नसक्ने गरि घोक्रेठ्याक लगाउंला यसैमा देश र हामी सर्व साधारणको भलाई छ ।(नारायण के.सी चीन मकाउ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?