निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सारांश

  • बाजुरा, ७ जेठ , बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
  • जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो ।
  • शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

बाजुरा, ७ जेठ , बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
शिविरमा छाला तथा यौन रोगसम्बन्धी उपचार तथा परामर्श दिइएको थियो । त्यसबाहेक अन्य बाल रोग, स्त्री रोग, हाड जोर्नी, सुगर, दीर्घरोगको पनि उपचार गरिएको डा दुर्गा महर्जनले बताउनुभयो । शिविरमा अपांगता भएका व्यक्तिलाई बैसाखी पनि वितरण गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?