ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान

सारांश

  • काठमाडौं ।
  • फोन गरेर तपाईले कहिल्यै कसैलाई झुक्याउनु भएको छ ?
  • कि कसैलाई सबक सिकाउनका लागी फोन त गर्नु भएको छैन ?

काठमाडौं । फोन गरेर तपाईले कहिल्यै कसैलाई झुक्याउनु भएको छ ? कि कसैलाई सबक सिकाउनका लागी फोन त गर्नु भएको छैन ? ओखलढुंगा सुनकोसीका कक्षा १२ सकेर बसेका पुरुषोत्तम अधिकारीले पनि सबक सिकाउन टेलिकममा फोन गरेर आँफु ह्याकर भएको र टेलिकमका सबै डाटा मेरो नियन्त्रणमा लिएको बताएपछि नेपाल टेलिकमको काठमाडौंको भद्रकालीमा हल्लाखल्ला नै मच्चियो ।

उनले फोन गरे लगत्तै टेलिकमको कार्यालयमा इन्जिनियरसहित कार्यालय प्रमुखको बैठक बस्यो । घटनाका विषयमा तत्काल प्रहरीलाई पनि खबर गरियो ।

नेपाल टेलिकमले सबै विवरण खुलाएर प्रहरीलाई पत्र लेख्दै उक्त व्यक्ति खोजबिनका लागि आग्रह गरेर महानगरीय अपराध महाशाखाले उक्त व्यक्तिका बारेमा अनुसन्धान सुरु गरे लगत्तै उनलाई पक्राउ गर्न प्रहरी सफल भए पनि अन्त्यमा उनी ह्याकर नभएको पत्ता लाग्यो ।

तर उनको बयान सुनेर प्रहरी केही बेर छक्क नै पर्यो । तर यो घटनाले नेपाल टेलिकमको एकलौटीपना र हेपाहा प्रवृतिका विषयमा एक पटक सम्बन्धित निकायले घोत्लिएर सोच्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?