समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, श्रावण ७, २०८३
|
|
३१ पटक हेरिएको
Shares
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न

सारांश

  • कोशी प्रदेशमा यस वर्ष बेलैमा मनसुन सक्रिय भएसँगै मुख्य खाद्यबाली धानको रोपाइँले तीव्रता पाएको छ।
  • प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्रालयको ताजा तथ्याङ्क अनुसार साउनको पहिलो सातासम्ममा कुल रोपाइँ योग्य जमिनको करिब ७४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको हो।
  • यसले आगामी हिउँदमा प्रदेशको खाद्य सुरक्षा स्थिति सुदृढ हुने सकारात्मक संकेत देखाएको छ।

कोशी प्रदेशमा यस वर्ष बेलैमा मनसुन सक्रिय भएसँगै मुख्य खाद्यबाली धानको रोपाइँले तीव्रता पाएको छ। प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्रालयको ताजा तथ्याङ्क अनुसार साउनको पहिलो सातासम्ममा कुल रोपाइँ योग्य जमिनको करिब ७४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको हो। यसले आगामी हिउँदमा प्रदेशको खाद्य सुरक्षा स्थिति सुदृढ हुने सकारात्मक संकेत देखाएको छ।

मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार साउन ४ गतेसम्मको अवधिमा प्रदेशका तीनवटै भौगोलिक क्षेत्रमा किसानहरू व्यस्त देखिएका छन्। समयमै वर्षा भएका कारण तराईदेखि उच्च पहाडी भेगसम्मका खेतहरूमा रोपाइँ सुचारु भइरहेको छ। कृषि प्राविधिकहरूका अनुसार सिँचाइको उपलब्धता र अनुकूल मौसम नै यस वर्षको रोपाइँ द्रुत गतिमा हुनुको मुख्य आधार हो।

भौगोलिक बनोटका आधारमा हेर्दा कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा पर्ने ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा रोपाइँको राम्रो प्रभाव देखिएको छ। ती जिल्लाहरूमा रहेको कुल १५ हजार ३८३ हेक्टर धान खेतमध्ये हालसम्म नौ हजार २४१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै मध्य पहाडी भेगका पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी आठ जिल्लाहरूमा पनि रोपाइँले गति लिएको छ। यी जिल्लाहरूमा धान खेती गरिने कुल ६७ हजार ७१७ हेक्टर क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टर जमिनमा किसानहरूले धान रोपेर सकिसकेका छन्।

प्रदेशको अन्नभण्डार मानिने तराईका तीन प्रमुख जिल्लाहरू झापा, मोरङ र सुनसरीमा भने सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ भएको छ। त्यहाँको कुल एक लाख ९३ हजार २८५ हेक्टर धान उत्पादन हुने भूमिमध्ये हालसम्म एक लाख ४६ हजार ३४२ हेक्टरमा रोपाइँ सकिएको अधिकारीले जानकारी दिनुभयो।

 बाँकी रहेका भूभागमा पनि साउन महिनाभित्रै रोपाइँ सम्पन्न गर्ने लक्ष्यका साथ कृषकहरू लागिपरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख
दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
आज ०२ साउन २०७७ शुक्रवार को राशिफल
आज ०२ साउन २०७७ शुक्रवार को राशिफल
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
After the arrest of gangster Sampat Nehra, Salman Khan receives extra security!
पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !
पुस्तकालयमा राजनीतिक गुटबन्दिका कारण विवाद !