निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
सारांश
- रणवीर सिंह र दीपिका पादुकोण अभिनित बलिउड फिल्म पद्मावती चर्चै–चर्चामा छ ।
- सेन्सर बोर्डले फिल्मको नाम परिवर्तन गर्न दिएको सल्लाह होस वा २६ दृश्य हटाए पछि मात्रै फिल्म प्रदर्शन गर्न दिने भन्ने मिडियाम छाएको समाचार, यी र यस्ता कारणले अहिलेसम्म प्रदर्शन मिति अनिश्चित बनेको पद्मावती चर्चाको केन्द्रमा छ ।
- पद्मावतीको निर्माणदेखि अहिलेसम्म जोडिएका विवादहरु यसप्रकार रहेका छन् ।
रणवीर सिंह र दीपिका पादुकोण अभिनित बलिउड फिल्म पद्मावती चर्चै–चर्चामा छ । सेन्सर बोर्डले फिल्मको नाम परिवर्तन गर्न दिएको सल्लाह होस वा २६ दृश्य हटाए पछि मात्रै फिल्म प्रदर्शन गर्न दिने भन्ने मिडियाम छाएको समाचार, यी र यस्ता कारणले अहिलेसम्म प्रदर्शन मिति अनिश्चित बनेको पद्मावती चर्चाको केन्द्रमा छ । पद्मावतीको निर्माणदेखि अहिलेसम्म जोडिएका विवादहरु यसप्रकार रहेका छन् ।
निर्देशकलाई थप्पड
पद्मावतीको सुटिङ भएदेखि नै यो फिल्म लफडामा फस्दै आएको थियो । जनवरीमा फिल्मको सुटिङ राजस्थानको जयगढको एक किल्लामा भइरहेको समय राजपुत करणी सेनाका मानिस त्यहाँ पुगी विरोध सुरु गरे । उनीहरुले विरोध मात्रै गरेनन् तोडफोड र मारपीट गर्दै निर्देशक सञ्जय लिला भन्सालीलाई थप्पड समेत हाने । यति मात्रै होइन उनीहरुले यूनिटका अन्य सदस्यहरुलाई पनि पिटे ।
सेटमै आगजनी
निर्देशकलाई थप्पड हानेको घटना बाहेक सेटमै आगो लगाएको घटनाको सामना पनि गर्नु परेको थियो पद्मावती फिल्मले । राजपुत करणी सेना र हिन्दु संघ–संगठनले फिल्मको विरोध राजस्थानमा मात्रै होइन पुरै भारतभर नै जस्तो सुरु गरे । कोहल्पुरमा सुटिङ भइरहेको समय पुगेको हुलले सेटमै आगो लगाइदिदा भागाभाग नै मच्चिएको थियो ।
मुख्य मन्त्रीको चिठी
राजस्थानकी मुख्य मन्त्रीले केन्द्रीय मन्त्री स्मृति इरानीलाई फिल्म भित्र रहेको विवादित दृश्य छाँटकाँट नगरी फिल्म प्रदर्शन नगर्न चेतावनी दिदै चिठी नै लेखेकी थिइन् । इतिहासवीद्, फिल्मका जानकार र राजपुत समुदाय बीच बनाएको समितिलाई फिल्म देखाएर सन्तुष्ट पारे पछि मात्रै फिल्म प्रदर्शन गरिनु पर्ने माग राजस्थानकी मुख्य मन्त्री बसुन्धरा राजेले राखेकी थिइन् ।
हिरोइनको नाक काट्ने धम्की
राजपुत करणी सेनाका महिपाल मकरानाले धम्की दिदै फिल्मकी हिरोइन दीपिका पादुकोणको नाक काट्ने उर्दी गरे । उनले रामायणको कथा स्मरण गराउँदै दीपिकाको पनि सुपर्णखाकै जस्तो हालत बनाइ दिने धम्की राजपुत करणी सेनाले दियो । यो चेतावनीलाई राजपुत करणी सेनाका संरक्षक लोकेन्द्र सिंहले पनि समर्थन गरे पछि फिल्म क्षेत्रमा सनसनी फैलियो ।
रंगोली नै भताभुंग पारियो
१५ अक्टोबरमा सुरतमा विरोधी समूहले फिल्म युनिटले बनाएको रंगोली नै क्षतविक्षत पारियो । कलाकार करणले करिब ४८ घण्टा लगाएर बनाएको रंगोलीलाई जय श्रीराम नारा लगाउँदै आएका करिब १०० जनाले भताभुंग बनाइदिएका थिए ।
उत्तर प्रदेशका मुख्य मन्त्री पनि विरोधमा
उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि यो फिल्मको विरोध गरे । उनले आफ्नो फाइदाका लागि ऐतिहासिक तथ्यलाई तोडमोड नगर्न भन्दै यदी ऐतिहासिक तथ्य तोडमोड गरेर कुनै समुदायमाथि आघात पुग्ने गरी फिल्म बनाएको पाइए आफ्नो राज्यमा प्रदर्शन रोकिने पनि उनको भनाई थियो ।
मेवाडका पूर्व राजघरानाको विरोध
मेवाडका पूर्व राजघरानाका सदस्यले पनि गलत सन्देश प्रवाह हुने गरी फिल्म बनाएको भन्दै विरोध गरे । उनीहरुका अनुसार फिल्मका एक पात्र खिलजीलाई हिरो बनाएको र पद्मावतीसँग जोडिएका थुप्रै तथ्य तोडमोड गरेर प्रस्तुत गरिएको छ ।
भाजपा नेताको १० करोडको इनाम
हरियणाका भारतीय जनता पार्टीका मिडियो कोअर्डिनेटरले अरु सबै विरोधीका आवाजलाई नै माथ खुवाउने गरी आफ्नो भनाई व्यक्त गरे । उनले मेरठका युवाले फिल्मकी हिरोइन दीपिका र निर्देशक सञ्जय लिला भन्सालीको टाउको काट्नेलाई ५÷५ करोड रुपैयाँ इनाम दिने सार्वजनिक भनाइ नै व्यक्त गरे ।
यो हो विवादको कारण
तोडफोडर विरोधमा उत्रिएकाहरुका अनुसा फिल्ममा पुस्तकमा कतै नलेखिएको अलाउद्दीन खिलजी भन्ने व्यक्तिलाई पद्मावतीको प्रेमीका रूपमा देखाइएको छ । गत मार्चमा करणी सेनाका केही सदस्यले चित्तौडगढ किल्लामा रहेको पद्मिनी महलमा रहेको सिसा पनि फुटाइदिएका थिए । यो सिसामै अलाउद्दीन खिलजीले रानी पद्मावतीको रूपको दर्शन गरेको मानिन्छ । तर, सेनाले पद्मावती जुन कालखण्डमा आएका थिए, त्यसको धेरै वर्षपछि मात्र सिसाको खोजी भएको दाबी गर्दै आएको छ ।
फिल्ममा अभिनेता शाहिद कपुरले पदमावतीका पति राजा रावल रतन सिंहको भूमिका निभाएका छन् । अर्का अभिनेता रणवीर सिंहले अलाउद्दीन खिलजीको भूमिकामा छन् । ।
प्रतिक्रिया