निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच
सारांश
- काठमाडौं, १४ माघ ।
- बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भजानइल स्वाव’ र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।
- दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् ।
काठमाडौं, १४ माघ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भजानइल स्वाव’ र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।
दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।
‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया