माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २६, २०७८
|
|
३० पटक हेरिएको
Shares
माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने

सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् ।
  • उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।
  • नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।

नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेर प्रचण्ड र नेपालले नेतृत्व गर्ने गरी अघि बढ्नेबारे पनि छलफल बढेको छ । तर, कट्टेल सहमत हुने सम्भावना कम छ । त्यस्तो अवस्थामा कलम चिन्ह माग गरी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत बनाएर वृहत कम्युनिस्ट एकतामा माधव नेपाल लाग्ने सम्मको तयारी रहेको बुझिएको छ ।

नेपालले एमालेबाट निष्काशित भएपछि नयाँ दल खोल्ने खुलासा गरिसकेका छन् । उनलाई पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी आधाको साथ छ । यसैगरी, माधव नेपाल एमालेमा नफर्कने गरी बढेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई निराश भएका छन् । उनीहरु आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
एक महिलालाई छुरा हानेर हत्या
एक महिलालाई छुरा हानेर हत्या
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?