आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
६२ पटक हेरिएको
Shares
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई

सारांश

  • काठमाडौँ ।
  • सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उनले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक छैन भने ।

काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उनले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक छैन भने ।
  
उनले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताए । “५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन् । यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न”, उनले भने, “यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थपिँदैछ । जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ ।”

उनले पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल सुकेटार, तुम्लिङ्टार, लुक्ला, जोमसोम, जुफाल, सिमकोट र ताल्चा विमानस्थलको स्तरोन्नति गर्न सुझाव दिए । यस्तै भरतपुर र सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।
  
सांसद भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’का रुपमा लैजानुको विकल्प नभएको जनाउँदै उनले निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र मन्त्री किरातीले नाफाको विषयमा गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
हट अन्दाजमा पप गायिका दुआ
हट अन्दाजमा पप गायिका दुआ
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा