निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ

सारांश

  • २२ कात्तिक, काठमाडौं ।
  • गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।
  • रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

२२ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् । रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।

’यस्तै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए । ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी,  टुँडीखेलमा सम्मान दिइने
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी, टुँडीखेलमा सम्मान दिइने
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
सेक्स के हो ! गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
सेक्स के हो ! गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली
कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?