कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
२७
|
२३ पटक हेरिएको
Shares
कुनै काम गर्दा चाकडी र थैलीको जमाना गए : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं २३ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सुशासन आवश्यक पर्ने बताएका छन् ।
  • प्रधानमन्त्रीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको भूमिका नहुने स्पष्ट पारे ।

काठमाडौं २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सुशासन आवश्यक पर्ने बताएका छन् । प्रधानमन्त्रीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको भूमिका नहुने स्पष्ट पारे । कुनै कामका लागि सरकारलाई प्रत्यक्ष रुपमा भन्न समेत आग्रह गरे ।

नेपाल उद्योग परिसंघको १५ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खानसक्ने भएकोले अवसर सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ’ प्रधानमन्त्रीले ओलीले भने, ‘अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।’

विगत सरकारको वित्तिय अनुशासनहिनताका कारण वर्तमान सरकार केही अप्ठेरोमा परेको प्रधानमन्त्रीको भनाई थियो । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्रीबनाउन इच्छुक रहेको स्पष्ट पारे । ‘हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं । तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि’ प्रधानमन्त्रीले सरकारले देशलाई उद्योगतिर अघि बढाउन चाहेको बताए । प्रधानमन्त्री ओलीले उद्योगी व्यावसायी सहित एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी गराए ।

व्यावसायीका कामका लागि कानुनी अप्ठेरा, कर्मचारीको अवरोध र ढिलासुस्ती भए सरकारलाई भन्न प्रधानमन्त्री ओलीको आग्रह छ । ‘केही झन्झट भए सरकारले त्यसलाई फुकाउछ’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु इमान्दार कारोबार गर्नुहोस् । सरकारले गर्नुपर्ने काम के छन् ल्याउनुहोस छलफल गरौं । सबै मिलेर देश बनाऔं ।’

प्रतिक्रिया

27 कमेन्ट

    Comment Author

    Nabaraj Dhakal

    भासणले मात्र केही हुदैन !

    Comment Author

    Damodar Dahal

    हो र छ ! अब देख्नै बाँकी केही छ जस्तो लाग्दैन ।

    Comment Author

    Balaram Dahal

    गफ मात्र काम छैन

    Comment Author

    Rajendra Kumar Kc

    Tyo haikam saile afai apnai raheka chou.Timile gareko galat kaam ko virodh garne ko khedo afai khani raheko chou.

    Comment Author

    Balaram Dahal

    आगामी दिन मा रास्ट्र लाई ठुलो घाटा हो

    Comment Author

    Uddhav Sharma

    जहागएपनी राजनीति

    Comment Author

    Ajita Prasai

    uuf yo gafaadi ko guff katti sunnu…

    Comment Author

    Laxman Dc

    होलानि हुन त त्याही भएर बजारमा कालाबजारी बिचौलिया ह्वात्तै घटेछ सरसमान ज्यादै सस्तोमा पाइदैछ कुनै सरकारले गर्न नसकेको काम बाम सरकारले बजार भाउ घटाएर गरेरै देखायो जनताको मत खेर चाहिँ गएन ताली…..

    Comment Author

    कुमार भटराई

    तेहि मात्र भनी रहने कि काम नि गर्ने वलि जि

    Comment Author

    Meera Heju

    जेहोस , जोक्स नै सहि एकछिन भए पनि हास्न त पाइन्छ ? यिन्ले किनेर खान लाउन परे पो थाहा पाउँछन् त ।

    Comment Author

    Madhav Neupane

    A ho ?

    Comment Author

    Paudel JL

    Are gaf garepani ushle sampaty tanna kamaekoxa aru k chahiyo

    Comment Author

    Prabina Ghale

    हजुरलाई यउटा कुरा शोध्छु र प्ररष्ट पनी पार्नु चाहान्छु नोकरी भनेको नेपाली भाषामा जागीर जागीर भनेको गयर आफ्नो क्षमता शदुपयोग ल भन्नुश मिहीनेती कर्मचारी अथवा जागीर खाने मानीश भयन भने तपाईको कम्पनी कसरी चल्छ ?

    Comment Author

    Jayanti Silwal

    तेसाे भए खाेइत ३३किलाे सुन

    Comment Author

    Prabina Ghale

    करडौ प्ररस्न हरुको जबाफ गैरीयर शोच्ने बानी छ

    Comment Author

    Jyoti Khanal

    Haitt.gafai matra bho.

    Comment Author

    Dharma Raj Pathak

    Kamnai hudaina kura matra ho

    Comment Author

    Prabina Ghale

    करडौ जनता हरु रुवाबाशी हुदा निध हराउछ मलाई कारण को खोजी गर्छु

    Comment Author

    Narbahadur Gharti

    तर ब्याबहारमा ठीक उल्टो देखिन्छ नी प्रधानमन्त्रीज्यु ?

    Comment Author

    Deuja Santosh

    Kam ma dhekheya na

    Comment Author

    ロカ ロク

    सहि हो अब थैली र चाकडी को दिन गयो आयो त केबल मार्सी भात को पालो

    Comment Author

    Madhab Bhatt

    अनि PHD सित्तैमा पाइन्छ त ?????

    Comment Author

    Arjun Thapa

    कस्ले पत्याउने अब

    Comment Author

    Khagendra Bhattarai

    त्यसै भएर होला नापी र मालपोतका कर्मचारी रातारात धनी भएर ठुलाठुला महल तक्न र बनाउन ब्यस्त भएका छन्।

    Comment Author

    Kanxa Prasna

    होहो त्यही भएर अख्तीयारले कर्मचारीहरूलाई दिन दिनै जसो पक्रि रहेको छ।।

    Comment Author

    Khem Joshi

    Tyo ta kura matrai ho

    Comment Author

    Rai Man

    yo manuwa ko kura ekatira kam arko tira kasari ra kasle pateyaune, 2 barsha bhitra kerung kathmandu pokhra lumbini ra petrol anchha bhandai guff diyo. ani ahile petrol pokhra lumbini sabai katipathaera sano sawarma kerung kathmandu rail bhandai bakbash gardai hinirachha gafadi.ani pateyune ko bhanda hami sidha sada nepali jasada haru.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 27
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?