लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न
सारांश
- काठमाडौं ।
- लायन्स क्लब अफ काठमाडौं, तिलिचोले काठमाडौं सुन्धारा प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
- ‘रक्तदान जीवन दान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुरु गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर वर्गका मानिसहरुले सक्रियता देखाउँदै यसको महत्व दिँदै स्वतस्फुर्त रुपमा रक्तदानमा भाग लिएका थिए ।
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं, तिलिचोले काठमाडौं सुन्धारा प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘रक्तदान जीवन दान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुरु गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर वर्गका मानिसहरुले सक्रियता देखाउँदै यसको महत्व दिँदै स्वतस्फुर्त रुपमा रक्तदानमा भाग लिएका थिए ।
कार्यक्रममा क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन भाईकृष्ण खड्काले २१ औं सताब्दि अनुकुल युवावर्गमा रक्तदानको महत्वको चेतनास्तर वृद्धि भइरहेको परिप्रेक्षमा रक्तदान कार्यक्रम गरिएको बताए ।
खड्काले आगामि दिनहरुमा रक्तदानलगायत सामाजिक कार्यको लागि क्लबले निरन्तरता दिँदै थप ससक्तता दिने बताए । कार्यक्रममा ग्राण्डी हस्पिटलका मेडिकल टिमलाई विशेष सहयोग गरेबापत धन्यवाद प्रकट गरियो ।
प्रतिक्रिया