निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे

सारांश

  • विराटनगर ।
  • लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर-धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ।
  • छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।

विराटनगर । लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर-धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ। छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ।

मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा भएको दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो।सोमबार बिहान करीब ७ः५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

डा। माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ। गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?