महजोडीकाे स्कुल हुम्लामा संचालन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
महजोडीकाे स्कुल हुम्लामा संचालन !

सारांश

  • हुम्ला, २१ बैशाख  ।
  • समता फाउण्डेसनले सञ्चालन गरिरहेको समता स्कूल हुम्लाको सिमकोटमा पनि संचालन सुरु भएको छ।
  • हुम्लामा यसपाली नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्म सञ्चालन गरिएको र हरेक वर्ष कक्षा थप गर्दै लगिने समता फाउण्डेशनका व्यवस्थापक समिति हुम्लाका संयोजक छक्क लामाले बताए।

हुम्ला, २१ बैशाख  । समता फाउण्डेसनले सञ्चालन गरिरहेको समता स्कूल हुम्लाको सिमकोटमा पनि संचालन सुरु भएको छ। हुम्लामा यसपाली नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्म सञ्चालन गरिएको र हरेक वर्ष कक्षा थप गर्दै लगिने समता फाउण्डेशनका व्यवस्थापक समिति हुम्लाका संयोजक छक्क लामाले बताए।

अहिले २२० जना विद्यार्थीले मात्र अध्यायन गर्न पाउने व्यवस्था भए तापनि हुम्लामा क्षमता भन्दा बढी विद्यार्थीले भर्नाको आवदेन भरेको समेत संचालक समितिका सदस्य रवि राकोयले बताए। राकोयले भने, ‘अहिले समताले यहाँ विद्यालय संचालनको लागि १० जना शिक्षकको दरबन्दी मात्र छ। छिटै विद्यालयको भौतिक व्यवस्थापन मिलाउने योजनामा पनि लाग्नेछौं।’

आर्थिक अभावका कारण विद्यालय शिक्षा लिन नसकेका विद्यार्थीहरूलाई लक्षित गरी सुरु गरिएको समता स्कूलको हरेक तहमा भर्नाको लागि १५० रुपैंयाँ र मासिक शुल्क १०० रुपैंयाँ लाग्ने गरेको रोकायाले बताए। हुम्लासँगै अन्य जिल्लामा पनि स्कूल संचालन गरेको र समता फाउडेशनले ७६ औेँ शाखा हुम्लामा विस्तार गरेको उनले बताए।

हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यद्वारा विभिन्न कार्यक्रमहरूको आयोजनाबाट संकलित रकमबाट यो विद्यालय संचालन गरेको हो। विद्यालयसँंगै आगामी दिनमा हुम्लामा अस्पताल समेत संचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?