प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ ।
  • आइतबार बिहान १०.

काठमाडौं, १४ माघ । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ । आइतबार बिहान १०.०० बजेदेखि दुई अध्यक्षद्वय ललितपुरको मानभवनमा छलफलको लागि बसेका थिए ।

ललितपुरको मानभवनमा झन्डै चार घण्टाको भेटवार्तामा सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।

सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गरिने बताइएको छ । छलफल सकारात्मक भएको बताइएको छ ।

ओली र प्रचण्डको बैठकले मुख्यमन्त्री र सभामुखको भागबन्डासमेत टुंग्याएको स्रोतले बताएको छ । शनिबार साँझको बैठकमा मुख्यमन्त्री मोटामोटी टुंग्याएपनि सभामुखमा कुरा मिलेको थिएन् ।

आजको गोप्य छलफलबाट प्रचण्ड र ओलीको गोप्य छलफलले प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बनाउने सहमति भएको बताइएको छ ।

बिहान १० बजेदेखि चलेको दुई शीर्ष नेताको छलफल सकारात्मक रहेको बताइएको छ। सरकार गठनअघि पार्टी एकता गर्ने तयारी एमाले र माओवादीको छ।

आज बिहान ११ बजे बस्ने भनिएको एकता कार्यदलको बैठक दिउँसो सारेर गोप्य बैठक बसेका थिए ।

यो पनि पढढ्नुहोस्

आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता गर्दैछन् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कर्मचारीलाई कोरोना लागेपछि युनिलिभर नेपाल बन्द
कर्मचारीलाई कोरोना लागेपछि युनिलिभर नेपाल बन्द
चितवन क्षेत्र नं २ मा एक लाख २४ हजारभन्दा बढी मतदाता थपिए
चितवन क्षेत्र नं २ मा एक लाख २४ हजारभन्दा बढी मतदाता थपिए
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !

तपाईंले छुटाउनुभयो कि?