तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
५७ पटक हेरिएको
Shares
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो

सारांश

  • काठमाडौं ।
  • कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन ।
  • चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ ।

काठमाडौं । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।
 
लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए ।
 
दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै  थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन । खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ओलाङचुङगोलामा दुई सय रुपैयाँ पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ ।
ुनाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छु, ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भन्नुभयो । उहाँका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पु¥याउन प्रतिकिलो  ६० रुपैयाँ सम्म ढुवानी भाडा लाग्छ । याङ्मा पु¥याउँदा अझ बढी लाग्छ ।
 
याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् । यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए । रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ । यहाँका उत्पादन नेपाली बजारमा पु¥याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।
 
यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो । अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ । 
कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन् ।
 
सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ । फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ । ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
काे हुन् भिम दत्त पन्त ?
काे हुन् भिम दत्त पन्त ?
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
असार १८ गते बिहिवारको राशिफल यस्तो छ
असार १८ गते बिहिवारको राशिफल यस्तो छ
प्रचण्डको उत्तेजक अभिव्यक्ति
प्रचण्डको उत्तेजक अभिव्यक्ति
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल