निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण

सारांश

  • बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।
  • बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीका खटिएका सिराहा जिल्ला सिराहा महानगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ ।
  • सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका–७ मा रहेको पोरखे लेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताउनुभएको छ ।

बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा सहायक निर्वाचन कर्मचारीका खटिएका सिराहा जिल्ला सिराहा महानगरपालिका–१९ का ४५ वर्षीया विन्देश्वरीप्रसाद यादवमाथि आक्रमण भएको बताइएको छ ।

सदरमुकाम मार्तडीबाट बूढीनन्दा नगरपालिकाको नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा जाँदै गरेको अवस्थामा बडीमालिका नगरपालिका–७ मा रहेको पोरखे लेकमा अज्ञात समूहले आक्रमण गरेको यादवले बताउनुभएको छ । सिराहा जिल्ला घर भई हाल हिमाली गाउँपालिकाको विच्छ्या माविका विज्ञान विषयमा अध्यापन गराउँदै आएका यादव बुधबार पोरखे लेकमा एक्लै भएको बेला अज्ञात समूहले आक्रमण गरेको घाइते भएपछि मतदान केन्द्रमा नपुगी जिल्ला फर्किएका छन् ।

घाइते यादवले आफूसँग भएको १३ हजार नगदसमेत लुटिएको प्रहरीमा उजुरी गरेको यादवले भन्नुभयो । आक्रमणपछि घाइते यादवको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ ।

यादवको ढाड, खुट्टा र टाउकोमा चोट लागेको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले सहायक मतदान अधिकृतमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Online Slots Online Spielautomaten 1500 Bonu
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो