खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ

सारांश

  • खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
  • भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
  • भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराउनुभयो ।

मन्त्री मगरले भन्नुभयो, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो । भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो ।  भेटघाटमा सहभागी हुनुभएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताउनुभयो ।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पार्नुभयो । नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’

उहाँले अरु देशकोभन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राख्नुभयो । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका  सम्पादकीय
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका सम्पादकीय
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
साउन १५ गते बुधबारको राशिफल यस्तो छ
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

तपाईंले छुटाउनुभयो कि?