नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
१५ पटक हेरिएको
Shares
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…

सारांश

  • शिखरन्युज, २८ जेठ- नेपाल कम्युनिष्ट पार्टीको पार्टीको केन्द्रीय कमिटीमा मात्र एकता भएको छ ।
  • केन्द्र भन्दा तल्लो तहका कमिटी सहित भातृसंगठनको भने एकता हुन बाँकी छ ।
  • दुवै पार्टीका आ-आफ्ना भातृ संगठन भएकाले एकीकरण कमिटी बनाउन सजिलो काम भने देखिंदैन ।

शिखरन्युज, २८ जेठ- नेपाल कम्युनिष्ट पार्टीको पार्टीको केन्द्रीय कमिटीमा मात्र एकता भएको छ । केन्द्र भन्दा तल्लो तहका कमिटी सहित भातृसंगठनको भने एकता हुन बाँकी छ । दुवै पार्टीका आ-आफ्ना भातृ संगठन भएकाले एकीकरण कमिटी बनाउन सजिलो काम भने देखिंदैन । नेकपाले २२ वटा भातृ संगठन मिलाउन उत्तिकै संख्यामा कार्यदल बनाएको छ ।

बनेका कार्यदलले भातृ संगठन एकीकरणका लागि विधान मस्यौदा तयार पार्ने, महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ । तत्कालीन माओवादी केन्द्रको जनवर्गीय संगठन एमालेको भन्दा निकै ठूलो संख्याका रहेकाले मिलाउन हम्मे पर्ने देखिन्छ । पार्टीको एकीकरणपछि तल्लो कमिटी बनाउन दुवै तर्फका सम्बन्धित अध्यक्षहरु समेत रहेको कार्यदल गठन गरी जिम्मेवारी दिइएको छ ।

युवा संगठनका लागि मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल, रामप्रसाद सापकोटालाई जिम्मा दिइएको छ । मजदुर संगठनको एकताका लागि विष्णु रिमाल सहित ४ जनालाई जिम्मा दिइएको छ । जयपुरी घर्ती, विनोद श्रेष्ठ, गणेश रेग्मीलाई कार्यदलमा राखिएको छ ।

त्यसैगरी महिला संगठन एकता गर्नका लागि राधा ज्ञवाली, उर्मिला अर्याल, गोमा देवकोटा, र अमृता थापामगरलाई कार्यदलमा राखिएको छ । विद्यार्थी संगठनका लागि रवीन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तामाङ रहेको कार्यदल बनाइएको छ ।

किसान संगठनका लागि वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ, चित्रबहादुर श्रेष्ठलाई कार्यदलमा राखी जिम्मा दिइएको छ । खेलकुद संगठनका लागि टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइरालालाई जिम्मेवारी दिइएको छ ।

जनजाति संगठनका लागि पृथ्वी सुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आलेमगर र गोकुल घर्तीलाई कार्यदलमा राखी जिम्मेवारी दिइएको छ । साँस्कृतिक समितिको जिम्मा मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी, सरल सहयात्रीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बुद्धिजीवी संगठनका लागि दीनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारीलाई जिम्मेवारी दिइएको छ । दलित संगठनका लागि बोमबहादुर विश्वकर्मा, तिलक परियार, जितु गौतम, दलजित श्रीपाइली रहेका छन् ।

मधेसी संगठनको जिम्मा मातृका यादव, रघुवीर महासेठ, जगदीश कुसियत, रामकुमार शर्मालाई दिइएको छ । मुस्लिम संगठनका लागि सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन कार्यदलमा रहेका छन् ।

पेसागत संगठनका लागि जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल, दयाराम बस्याल रहेका छन् । भूतपूर्व सेना-प्रहरी संगठनका लागि चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई, जीवनबहादुर बुढा रहेका छन् ।

कानुन व्यवसायीको संगठनका लागि वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ, रुद्र नेपालले जिम्मेवारी पाएका छन् । त्यसैगरी मानव अधिकार संगठनका लागि विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रेष्ठ, दीनमणि पाखरेल कार्यदलमा रहेका छन् ।

अपांग संगठनका लागि विजय सुब्बा, दीपेन्द्र पुनमगर, मित्रलाल शर्मा, टेकनाथ न्यौपानेलाई जिम्मेवारी दिएको छ । भुमिहीन संगठनका लागि हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो, दीपक थापालाई जिम्मा दिइएको छ ।

इन्जिनियर व्यवसायीको संगठनका लागि गोकर्ण विष्ट, पम्फा भुसाल, हरिराम पराजुली, शम्भुबहादुर श्रेष्ठ रहेका छन् । उद्योगी, व्यावसायीका लागि मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ, श्याम पाठकलाई जिम्मेवारी दिइएको छ । 

प्रवासी संगठनका लागि तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारीलाई जिम्मेवारी दिइएका छ । त्यसैगरी पत्रकारका लागि योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहालले जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?