नेकपाको तल्लो तहका विवाद मिलाउन सचिवालय बैठक बस्दै
सारांश
- काठमाडौं, २७ भदौ ।
- पार्टी एकता प्रक्रियामा तल्लो तहसम्म देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो बस्दैछ ।
- ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिपोर्टहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् ।
काठमाडौं, २७ भदौ । पार्टी एकता प्रक्रियामा तल्लो तहसम्म देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो बस्दैछ । ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिपोर्टहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् ।
“समसामयिक विषयमा नै छलफल हुन्छ । एकता प्रक्रियामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको विषय बन्छ”, श्रेष्ठले भने । यसअघि ११ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्रीको व्यवस्तताका कारण सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पार्टी एकताको लामो समय बितिसके पनि जनवर्गीय र तल्ला कमिटीहरुको एकता प्रक्रिया टुङग्याउन सकस भएको छ । आजको बैठकले एकता प्रक्रियामा स्पष्ट मापदण्ड बन्ने सम्भावना रहेको बताइएको छ । ५ नम्बर प्रदेश लगायतका केही जिल्लाहरुमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणका क्रममा कार्यदलले सिफारिस गरेका नेतृत्वप्रति असन्तुष्टि चुलिएको छ ।
यो असन्तुष्टिमा खासगरी पूर्व एमालेको माधव नेपाल समूहले आफूलाई किनारा लगाएको भन्दै अध्यक्ष ओलीपक्षको चर्को आलोचना र विरोध गर्दै आएको छ । जसका कारण पूर्वनिर्धारित समयअनुसार भदौ पहिलो साताभित्रै भइसक्नुपर्ने जिल्ला कमिटीहरुको एकीकरण हुन सकेको थिएन ।
प्रतिक्रिया