तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !
सारांश
- काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो वर्ष मंसिरमा भएको चुनावपछि पहिलोपटक प्रदेश २ मा आमसभा आयोजना गरेको छ।
- नेकपाले रौतहटको गरुडामा शनिबार आमसभा आयोजना गरेको हो।
- आमसभामा सम्बोधन गर्न नेकपाका शीर्षस्थ नेताहरु आमसभास्थल गरुडा पुगिसकेका छन्।
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो वर्ष मंसिरमा भएको चुनावपछि पहिलोपटक प्रदेश २ मा आमसभा आयोजना गरेको छ। नेकपाले रौतहटको गरुडामा शनिबार आमसभा आयोजना गरेको हो। आमसभामा सम्बोधन गर्न नेकपाका शीर्षस्थ नेताहरु आमसभास्थल गरुडा पुगिसकेका छन्।
आमसभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने बताइएको छ। यसैगरी आमसभावमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, रघुवीर महासेठलगायतका नेताले सम्बोधन गर्ने तय भएको छ। कार्यक्रमस्थल गरुडा नेता नेपालले चुनाव जितेको निर्वाचन क्षेत्र हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया