प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

सारांश

  • काठमाडौं।
  • स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि स्वास्थ्य विमा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्न माग गर्दै संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ।
  •   प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद खगराज अधिकारीले ‘स्वास्थ्य विमा अन्र्तगतका  कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्दै गुणस्तरीय औषधि उपकरण र जनशक्तिको प्रबन्ध गरी सात वटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको इमरजेन्सी, आईसियुलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाइ लागू गर्न आवश्यक भएको’ भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन्।
काठमाडौं। स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि स्वास्थ्य विमा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्न माग गर्दै संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। 
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद खगराज अधिकारीले ‘स्वास्थ्य विमा अन्र्तगतका 
कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्दै गुणस्तरीय औषधि उपकरण र जनशक्तिको प्रबन्ध गरी सात वटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको इमरजेन्सी, आईसियुलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाइ लागू गर्न आवश्यक भएको’ भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन्। उनले सबै प्रदेशमा आईसीयू सुविधा सहितको गुणस्तरीय औषधि उपकरण र जनशक्तिको व्यवस्था गरिनुपर्ने बताए। 
एमबीबीएस अध्ययनका लागि सरकारले ४२ लाख शूल्क तोकेपनि मुलुकका कतिपय मेडिकल कलेजले ५२ लाख शूल्क लिएको भन्दै उनले मेडिकल कलेजले जथाभावि शुल्क लिने प्रवृति नियन्त्रण गर्न माग गरे। 
सांसदहरु अंञ्जना बिसंखे र मन कुमारी जिसीले प्रस्तावको समर्थन गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका लागि स्वास्थ्य विमा अन्र्तगतका कार्यक्रम सबै जिल्लामा संञ्चालका लागि तदारुकता देखाउनुपर्ने बताए। 
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसाल गौतमले बिमा बापतको प्रिमियममा विपन्न बर्गका लागि सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरिन्। 
सांसद रामकुमारी झाँक्रीले बिमाको नाममा बिचौला मौलाउने काम हुन सक्ने भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन्। 
सांसद बिमला बिकले स्वास्थ्य सेवामा कसैलाई विभेद नगर्ने भनी संविधानले प्रत्याभूति गरेको भएपनि दुर्गमका जनताले डाक्टर नभएको स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा नपाउने स्थिति रहेकोे भन्दै ‘संविधान धारा ३५ मा लेखेको स्वास्थ्यको हक हामीले कहिले पाउने? स्वास्थ्यमा सबैको समान पहुँच हुनेछ भन्ने कुरा हामी सम्म कहिले पुग्ने’ भनी प्रश्न गरिन्। 
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी सांसदहरुले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइ सबै जिल्लामा लागु गर्नुपर्नेमा जोड दिएका थिए। हाल ३९ जिल्लामा मात्रै स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको छ । 
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७१ बमोजिम पुस ४ गते संघीय संसद सचिवालयमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभाको बैठकमा छलफल भएको हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?