नेकपाको तीनमहिने अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेकपाको तीनमहिने अभियान शुरु

सारांश

  • दमौली, २ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ ।
  • नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने बताए ।
  • उनले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिँदै भने, “साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर पार्टी गठन भएको र यसलाई तल्लो तहसम्म पु¥याएर कार्यकर्ताबीच भावनात्मक सम्बन्ध कायम गर्न अभियानले सहयोग पुग्नेछ ।

दमौली, २ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने बताए । उनले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिँदै भने, “साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर पार्टी गठन भएको र यसलाई तल्लो तहसम्म पु¥याएर कार्यकर्ताबीच भावनात्मक सम्बन्ध कायम गर्न अभियानले सहयोग पुग्नेछ ।”

हाल विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम रहेकाले अभियानकै क्रममा सो भाइरसविरुद्ध जनस्तरमा सचेतना कार्यक्रम पनि सञ्चालन हुने पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकबहादुर राना, आशा कोइरालालगायतले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियानलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए ।

अभियानअन्तर्गत जिल्लाका स्थानीय तहका ८५ वटामा कार्यक्रम सञ्चालन गरिने पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । उक्त अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचार–प्रसारसमेत गराइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी
वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
Appealing Asian Females Looking For Guys
भारत र अमेरिकाको एउटै चासो: प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?