मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
सारांश
- नयाँ दिल्ली।
- सामाजिक संजालमा यतिबेला हेमा मालिनीका दुई वटा फोटो भाइरल भइरहेका छन्।
- एउटा फोटोमा उनी हेलिकप्टरबाट उत्रिँदै गरेकी छन् भने अर्को फोटोमा उनी खेतमा गहुँ काटिरहेकी छन्।
नयाँ दिल्ली। सामाजिक संजालमा यतिबेला हेमा मालिनीका दुई वटा फोटो भाइरल भइरहेका छन्। एउटा फोटोमा उनी हेलिकप्टरबाट उत्रिँदै गरेकी छन् भने अर्को फोटोमा उनी खेतमा गहुँ काटिरहेकी छन्। यी दुवै फोटोसँगै एउटा म्यासेज यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। जसमा लेखिएको छ, ‘मोदीजीप्रति निकै गर्व छ। महिला किसानलाई हेलिकप्टर दिइँदैछ। जो हेलिकप्टरमा चढेर खेतमा पुग्छन्।’
सामाजिक संजाल प्रयोगकर्ताले अर्को म्यासेजप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘हेलिकप्टर फार्मर हेमा मालिनी।’ लोकसभा चुनाव प्रचारका क्रममा यस्ता कयौं फोटो भाइरल भइरहेका छन्। यस्तोमा आखिर यी फोटोको वास्तविकता के हो ?
यस्तो छ वास्तविकता
खेतमा गहुँ काट्दै गरेको हेमा मालिनीका यी दुई फोटा यो वर्षको होइन। समाचार एजेन्सी एएनआईका अनुसार बिजेपीबाट उम्मेद्वार घोषणा भएपछि ३१ मार्चमा मधुराबाट बिजेपी सांसद र लोकसभा उम्मेद्वार हेमा मालिनी आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारका क्रममा मथुरा पुगेकी थिइन्। सो क्रममा उनी गोवर्धन इलाकामा खेतमा पुगिन् र खेतमा काम गरिरहेका महिलासँग गँहु काट्न थालिन्। सामाजिक संजालमा पहिला हेमा मालिनीको ३१ मार्चको फोटो भाइरल भयो। तर, भोलिपल्ट उनको अर्को फोटो यही घटनासँग जोडेर भाइरल बनाउन थालियो।
हेमा मालिनीले पनि आफ्नो ट्विटर अकाउन्टबाट यी फोटो ३१ मार्चमा पोस्ट गरेकी थिइन््। उनले लेखेकी थिइन्, ‘आजबाट मेरो लोकसभा क्षेत्रमा चुनाव प्रचार सुरु भयो। आज मलाइ खेतमा काम गर्ने महिलासँग भेट गर्ने अवसर मिल्यो।’
पहिलो तस्वीरको सच्चाई
यस्तोमा के प्रश्न उठ्छ भने यी दुवै तस्वीर कहिलेका हुन्? सबै भन्दा पहिला पहिलो तस्वीरको कुरा गरौं। हेलिकप्टरबाट झर्दै गरेको तस्वीरलाई गुगलमा रिवर्स इमेज गरेर सर्च गर्दा के थाहा लाग्यो भने हेमा मालिनीको ट्विटर अकाउन्टमा अक्टुबर २०१५ मा पोस्ट भएको छ। तस्वीरसँगै उनले लेखेकी थिइन्, ‘क्याम्पियनको दोस्रो दिन। पटानाबाट।’ यसबाट के थाहा हुन्छ भने हेलिकप्टर वाला फोटो पटनाको हो।
अर्को फोटो पनि यो वर्षको होइन। गुगलमा रिवर्स सर्च गर्दा के थाहा लाग्यो भने यो फोटो अप्रिल २९१४ को हो। यो फोटो पनि हेमा मालिनीले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेकी थिइन्।
यी दुवै फोटो बेग्ला बेग्लै कार्यक्रमका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया