भोली हुने भयो मन्त्रिपरिषद विस्तार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १३, २०७८
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् ।
  • आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल विस्तारको टुंगो लगाएका हुन् ।
  • नेताहरुले कुन पार्टीले कुन मन्त्रालय सम्हाल्नेबारे लगभग सहमति समेत गरेको विश्वस्त स्रोतले बताएको छ ।

सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल विस्तारको टुंगो लगाएका हुन् ।

नेताहरुले कुन पार्टीले कुन मन्त्रालय सम्हाल्नेबारे लगभग सहमति समेत गरेको विश्वस्त स्रोतले बताएको छ । संख्यामा यसअघि नै कुरा मिलिसकेको छ ।

मन्त्रिमण्डल विस्तार भोलि नै गर्ने सहमति बनेपछि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । काँग्रेस, माओवादी, नेकपा एस र जसपा सरकारमा सहभागी हुँदैछन् । संख्याको टुंगो लागिसकेकाले मन्त्रालय समेतमा सहमति गरेर भोलि नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको छ । भोलि नै शिर्ष नेताहरुले नाम बुझाउने सहमति समेत बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?