नेकपा एमलेकी उम्मेदवार कुटिईन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नेकपा एमलेकी  उम्मेदवार कुटिईन्

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।
  • कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ ।
काठमाडौँ, २९ भदौ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।
कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबीच सप्तकोशी नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ ।
यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली सो प्रदेशको स्थानीय तहको चुनावको सन्दर्भमा शुक्रबार जीतपुर, सिमरा र बर्दिबासका चुनावी सभामा सम्बोधन गर्नुहुने भएको छ । एमालेका वरिष्ठ नेता भलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत नेताले पनि तराईका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Roshan Oli

    यो गलत प्रबिर्ती र वादरको वयाभारलाई त्याग्न जरुरी छ

    Comment Author

    Saroj Xtri

    Kun ठाऊ छ र नकुटिय को

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
सत्य झुट हुन्छ अनी झुट सत्य ।
सत्य झुट हुन्छ अनी झुट सत्य ।
एकल महिलाको भवनमा डोजर
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा

तपाईंले छुटाउनुभयो कि?