हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
सारांश
- काठमाडौं ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कुनै पनि हिसांलाई प्रोत्साउन हुने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन् ।
- मन्त्री बास्कोटाले सञ्चारमाध्यमहरूलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार नदिन आग्रह गरेका हुन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कुनै पनि हिसांलाई प्रोत्साउन हुने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले सञ्चारमाध्यमहरूलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार नदिन आग्रह गरेका हुन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १८ आंै स्थापना दिवसका अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले हिंसामा कसैले साथसहयोग नगर्न आग्रह गरे ।
‘हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ’, उनले भने, ‘सरकारले संगठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हनन भएको मान्ने कि नमान्ने ?’ प्रश्न गरे ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चार माध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बास्कोटाको दाबी छ ।
प्रतिक्रिया