प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २८ भदौ ।
  • दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।
  • उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

काठमाडौँ, २८ भदौ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराउनुभयो ।

उहाँले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
कपिलवस्तुमा काँग्रेस विजयी
कपिलवस्तुमा काँग्रेस विजयी
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
आजको राशीफल
आजको राशीफल