सत्य झुट हुन्छ अनी झुट सत्य ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सत्य झुट हुन्छ अनी झुट सत्य ।

सारांश

  • जुङगे बुढाको सातो लिने सुरले हपार्दै भने गाउँ बाट पढाईका साथ साथै काम पनि पाईन्छ ।
  • कमाइ र पढाई एकै साथ अघी बढ्छ भनेर गफ दिएको होइन बुढा ।
  • खै त काम ?

जुङगे बुढाको सातो लिने सुरले हपार्दै भने गाउँ बाट पढाईका साथ साथै काम पनि पाईन्छ । कमाइ र पढाई एकै साथ अघी बढ्छ भनेर गफ दिएको होइन बुढा । खै त काम ?

हे मुला काम पाई हालिन्छ नि । एउटा घर बनाउने ठेकेदालाई चिनेको छु यसो ज्यामी काम गर्छस त ?ल भन ! भनी दिन्छु ।

ज्यामी काम त्यो पनि यो हान्ड्सम केटोले गर्ला ! तिमीलाई के लाग्छ ? गाउँका स्कुले ठिटिहरुले मरी हत्य गरेको ज्यान पो हो दाजु ।

जब मुखमा माड लाग्न छोड्छ अनी बुझ्लास केटा । काम जे गरे पनि मैले गफैले मिलायकै छु । जुङगाको ताउ लगायर केहीलाई प्रभावित परेकै छु । मैले के काम गर्छु त्यो काम सँग सान देखाउन सम्बन्ध रख्दैन ब्रो ।

हो बुढा हो,तिम्रै गफले त म फसे नि । तिमीले गफ नदीएको भए ऐले म गाउँकै उच्च मा बि मा पढिरहेको हुन्थे । तिम्रो गफले त शहरको सपना देखायो । जब यथार्थ यो जो देखे उडायो सपना सबै हुरीले भै हाल्यो नि ।

फुच्चे गफैमा त मज्जा छ नि । जती बिलासी बन्यो त्यती तनाव खेप्नु पर्छ । भर्खर शहर पसेको छस बिस्तारै बुझ्छस । केही दिन घुम बुझ अनी काम गर्लास । तलाई लगाउने म सँग धेरै काम छन । त्यो मध्य छानेर एउटा काम गर्लास ।

ठिकै छ दाजु बाउले पठायको पैसा छउन्जेल मस्तै नै गरु त । हा हा हा दुबैको हाँसो ।

एउटा कोठा चार खुट्टे पलङ,पलङ छेउमै ग्यास स्टोभ,कालो पेसरकुकर अनि त्यस्तै कालो कराई र बिड भाचिन लागेको चिया पकाउने दिउरे केहि थान इस्टिलका थाल र गिलास । मैले देख्दा जुङे दाजुको काठमाडौंको सम्पती यती नै हो । गाउँका त हुनेखाने नै हुन । भिर पाखो गरेर होला सय रोपनी भन्दा बढी बुढाको सम्पती ।

कालो चस्मा,सेतो टिसर्टमा छातीयर कालो छाला जुत्ताको खुर टक टक बजाउदै जुङे दाजु बजार निस्किए । बिहान आठ बजे खाली पेटमै निस्किएका जुङगे दाजु राती दश बजे तिर हल्लिदै ढोका ढक्ढकाउछन । अनि सुरु हुन्छ जुङे बुढाको एक घण्टे क्लास । क्लासको विषय हुन्छ पैसा अनी पैसा फेरी कमाउने कसरी पैसा थप्ने कसरी यो भिडमा आफ्नो नामको एउटा घर ।

बुझिस केटा प्रजातन्त्र,लोकतन्त्र अनी गणतन्त्र केके आईसक्यो रक्सीले कलेजो खाईसक्यो तर पनि पैसा कमाउने मेरो सपना अझै ताजै छ । अब त पनि आजै बाट यो शहरमा पैसा कमाउने सपना देख्न थाली हाल गार्हो छैन पैसा कमाउन । एक क्लिक हो केटा । क्लिक नलागुन जेल तँ पैसाको पछी क्लिक लागे पछी पैसा तेरो पछी । बुढा झ्यापमा बरबराउदै निदाए ।

रातभरी पैसाको बोट रोप्ने फलाउने योजना बुन्दै म भने अनिदो भए । साचै पैसा कमाउने सरल उपाय खोज्दै रात भरी कोल्टे फेर्दै रहे । उज्यालो भयो जुङे दाजु भित्तामा टाँसेको गणेशको फोटोमा धुप घुमान थाले म भने दिउरेमा चियापती र चिनीको मात्रा मिलाउन थाले ।

अनी केटा के छ,तेरो हालखबर ? बुढाले प्रश्न गरे ।

के हुनु समय बिताउनै गार्हो भयो कोठामा दिनभरी बस्दा बस्दा हैरान हुने । बजार तिर निस्कियो धुलो,धुवा । नघुम्ने ठाउँ छ न कतै बस्ने चौतारो ।

हा हा हा लोमो हाँसो हाँस्दै जुङे दाजुले धाप मारेर भने यो त्यरो गाउँ हो र केटा । शहर यस्तै हुन्छ । यहाँ कसैलाई कसैको मत्लब हुन्न । सबै आ आफ्नो धुनमा हुन्छन । सरकारका मन्त्रीलाई जनताको काममा भन्दा ज्यादा चुनाव खर्च उठाउने धुन हुन्छ । प्रतिपक्षलाई कसरी सत्तामा पुग्ने भन्ने धुन हुन्छ । सरकारका कर्मचारी आफ्नो सुबिधा कसरी बढाउने भन्ने धुनमा लागेका हुन्छन । व्यपारीलाई कसरी नाफा कमाउने भन्ने धुन छ । कालो बजारीहरु कसरी तस्कारी गर्ने भन्ने योजना बनाउनै व्यस्त छन । मास्टरलाई कलेज,स्कुलको क्लास सकेर ट्युसन पढाउन हतार हुन्छन । अनी डक्टरलाई हस्पितलको डिउटी पछी क्लिनिकको व्यापार तिर दौडिन अबेला भैसक्छन । यहाँ यस्तै छ केटा । सत्य झुट हुन्छ अनी झुट सत्य ।

हो दाजु हो सबै झुटको खेतीमा तल्लिन छन यो शहरमा त्यही भन्न खोजेको होइन,तिमीले कि यो शहरमा मेरो केही काम छैन भन्न खोजे को ?

हे मुला ! सबै कहाँ त्यस्ता हुन्छन । यहाँ समाज सेवी,उपकारी,भलादमी,उधेमी,ज्ञानी,सन्तहरुको पनि कमी छैन । तर बिरलै पाइने यिनले समाजलाई निकै कम प्रभाव पार्छन । पैसाको भुत चडेको छ । बिना पैसा डेग चाल्न पनि गार्होछ त्यसैले सबैले सबैलाई पैसा सँग तुलना गर्ने यो शहरमा बिना पैसा न इज्जत छ न र प्रतिस्ठा नै । बुझिस ।

अ ! बुझे ।

जुङे बुढालाई पैसाको भुत चडनु स्वभाविक पनि हो । बिगत लामो समय देखी यहाँ संघर्श गरी रहेका बिचरा बुढालाई परिवार,वालबच्चा सँग टाढा बसेर आफ्नो मात्रै गुजारा टार्न मरीहत्य गर्नु परेको पिंडा हो यो । सँगैका साथीको प्रगती अनी आफ्नो हविगतले पनि छाती त पोल्नेनै भयो ।

होइनन बुढा काम गर्छन् चाँही के ? सोध्नु पर्‍यो ।

पैसो कमाउने अब को प्लान चाँही के छनी दाजु ?

यार ! प्लान त बबाल नै छ नि तर सिक्यन्स मिलेको छैन । सुन आज बानेश्वरमा १ रोपनी जग्गामा बनेको घर एक जना व्यपारीलाई देखाउनु छ । डिल मिल्यो भने १० पेटी जती कमिसन आउछ । अनी त्यो १० पेटीलाई बिस्तारै सस्तो जग्गा तिर लगानी गर्नुपर्छ । अनी किन्दै बेच्दै गरेर पैसा कमाउनु पर्छ नि ब्रो । पैसो कमाउन गार्हो छैन के ब्रो सिक्यन्स मिलाउन मात्रै गार्हो हो ।

बुढा जग्गा दलाल गर्दा रेछन । र त बुढाका जुताका खुर खिएको रेछ । चस्मा भरिको धुलो त बुढाको प्लट प्लटको दौडाई पो रहेछ ।

ल ल बुढा शुभकामना पैसा कमाउ जिन्दगी बनाउ । मैले पनि सुने को थे घर जग्गा कारोबार बाट काठमाडौंमा हजारै मान्छेहरु रोड बाट करोडमा पुगेका कथाहरु । तिमी पनि छिट्टै करोडमा पुग ।

घर जग्गा हुँदै शेयर,सुन,रेस्टुरेन्ट,होटल लगायतका क्षेत्रमा लगनी गर्ने सोच छन नि । पहिला पैसा त कमाउ अनी तलाई मेरै कुनै व्यपारको २० प्रतिसतको पाट्नर बनाउला । बिना लगानीको पार्ट्नर ।

मनको लड्डु खाँदै गरौ त ?

पहिला मेरो सफलताका लागि धुप हाल्दै गर केटा ।

खीइयको जुत्ताको खुर बाटै थाहा हुन्छ बुढाको दलाली पेशाको सम्मान । अनी धुलोले दैनिक मैलियका कपडाले प्रष्टाउछ बुढाको काठमाडौंमा नव धनाढ्या बन्ने सपना । बुढाले सपना त सरल देखेछन । तर सपना पुरा अरुले नै गर्दिनु पर्ने खालको रहेछ । किन्नेले किने दिए बल्ल बेच्नेले कमिसन दिन्छ । झुकायो भने ‘बुढाको हिस्स बुढी खिस्स दाँत’ । बुढाले सोचे जस्तै सरल होला त यो पेशा बाट पैसा कमाउन रु बिना खुरापात कमिसनको खेला चलेको होलात यो शहरमा ? जे होस बुढामा आत्मविश्वास छ । रेसमा निस्कियका छन सबैले सिक्दै गर्दै जाने हो । बुढाले पनि त सिक्दै होलान जान्दै होलान पक्कै एक दिन रेस जीत्लान ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?