नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
१०
|
३० पटक हेरिएको
Shares
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली

सारांश

  • काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने इतिहास बनेको बताएका छन् ।
  • एमाले र माओवादी केन्द्रको एकता घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्दै नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।
  • आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा टेम्पो चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा हुन्छन् नयाँ पार्टीभित्र दुईवटा अध्यक्ष राख्नुको कारणको स्पष्ट पारे ।

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने इतिहास बनेको बताएका छन् ।

एमाले र माओवादी केन्द्रको एकता घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्दै नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।

आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा टेम्पो चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा हुन्छन् नयाँ पार्टीभित्र दुईवटा अध्यक्ष राख्नुको कारणको स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्र बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।”

“बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?” अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै “आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,” ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै “अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छाँ,” ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Dipendra Singh

    Ab riksa ko bhau pni lag dain

    Comment Author

    Manoj Yadav

    जेट इन्जिन नेपाल मा वर्षैपिच्छे दुर्घटना हुन्छ। फेरि दुर्घटना पनि यस्तो कि मान्छे को लास र हड्डी पनि फेला पर्दैन।

    Comment Author

    Shiva Chaudhary

    चिन्ता नगर सिटि रिक्सा हो 100 किलो मिटर कुदेर ब्याट्री डाउन हुन्छ ।

    Comment Author

    Shyam Fayal

    Dui jana pilot le gardanai biman durghatna bhayaka udhaharan dherai xan.

    Comment Author

    Anoop Silwal

    Chor haru timiharu ko plane chadhai crash huncha

    Comment Author

    Khadak Koirala

    जेट उडाउने पहिलो कदम भारतिय सेनालाई जनकपुर र मुस्ताङ पुगाउनु होला। अब जेट चलाएपछी त भारतिय सेनालाई चिन र नेपालको सिमानामा राख्ने नै होला नि।

    Comment Author

    Kamal Khadka

    बिरालो धेरै भयो भने मुसा नै मर्दैन भने झै अ के को गफ देके होला झन बर्बाद हुने भो यो चोरहरु बाट

    Comment Author

    Jirel Tika

    केपि जि को पाईलट बन्नु भाग्यमानी भएछ शुभकामना !!!

    Comment Author

    कर्ण बलायर

    बहेल गाडाका २जूजारू रागंा

    Comment Author

    राज बिरजंग राणा

    योग्यता ले न भ्याय पनी बुडा डाक्टर पनी भए पाइलट पनी भए भाग्यमानी को भुतै कमारो भनेको हो रहेछ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?