राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै

सारांश

  • काठमाडौँ, ९ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ ।
  • धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गरिाइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको छोरी उषा अधिकारीले बताइन् ।
  • गत वैशाख २८ गतेदेखि घिमिरे ५ दिनदेखि आन्तरिक रक्तस्रावका कारण अस्पतालमा छन् ।

काठमाडौँ, ९ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गरिाइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको छोरी उषा अधिकारीले बताइन् ।

गत वैशाख २८ गतेदेखि घिमिरे ५ दिनदेखि आन्तरिक रक्तस्रावका कारण अस्पतालमा छन् । रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार सानो आन्द्राबाट नियमित रक्तश्राव भैरहेकाले ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?