सरकारी त्रुटीका कारण म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा कारगेड दुर्घटना
सारांश
- काठमाडौं – सरकारी त्रुटीका कारण बुधबार बिहान भिभीआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ ।
- बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।
- नेपाल प्रहरीले भिभीआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
काठमाडौं – सरकारी त्रुटीका कारण बुधबार बिहान भिभीआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।
नेपाल प्रहरीले भिभीआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
‘बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभीआइपीको मुभमेण्टमा खटिएकाले अनुभवी नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया