जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

सारांश

  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।
  • राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ ।
  • निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उनले भने अस्वीकार गर्दै आएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।

राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ ।

निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उनले भने अस्वीकार गर्दै आएका छन् ।

उनले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उनका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् ।

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुगेका छन्

उनले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आएका छन् ।-एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा आईपीएल चलिरहँदा, नेपालमा करोडौंको बाजी !
भारतमा आईपीएल चलिरहँदा, नेपालमा करोडौंको बाजी !
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा संकटमा
पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा संकटमा
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
वाइडबडी  प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
वाइडबडी प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस