भाइरल ज्वरोका कारण विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
३४ पटक हेरिएको
Shares
भाइरल ज्वरोका कारण विद्यालय बन्द

सारांश

  • भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।
  • निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए ।
  • गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् ।

भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।

निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए ।

गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा समितिको मङ्गलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक सप्ताहका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

यसैबीच साकेला गाउँपालिकाले शिक्षा ऐन, २०७७ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबार आयोजना गरिएको दशौँ गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश गरिएको सो ऐन ल्याएको हो ।

सो ऐन पारित भएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अङ्ग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनीयर, इलेक्ट्रिकल इन्जिनीयर, पशुपालन वा बाली विज्ञानलगायत प्राविधिक विषयको जनशक्ति परिपूर्ति गर्नका लागि स्थानीय अस्थायी अध्यापन अनुमतिपत्र जारी गर्न सक्ने बाटो खुलेको छ । यसरी दिइएको अध्यापन अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुने बताइएको छ ।

त्यस्तै ‘साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरणसहितको दिगो विकास’ भन्ने नाराका साथ सञ्चालित गाउँसभाले बहुमतका आधारमा सो ऐन पारित गरेको हो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
श्रीलंकाको टोली पाकिस्तान नजाने !
श्रीलंकाको टोली पाकिस्तान नजाने !
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी  ?
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी ?
नक्कली नेपाली नोटसहित दुई पक्राउ
नक्कली नेपाली नोटसहित दुई पक्राउ
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित

तपाईंले छुटाउनुभयो कि?